logo

२०८३ साउन १३ बुधबार

जिल्ला शिक्षा कार्यालय राख्ने संघीयता विरोधी विधेयक कुनै हालतमा पास हुन दिँदैनौंः सांसद देवकोटा

जिल्ला शिक्षा कार्यालय राख्ने संघीयता विरोधी विधेयक कुनै हालतमा पास हुन दिँदैनौंः सांसद देवकोटा


हाम्रो राष्ट्र
  • आइतबार, २१ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले जिल्ला शिक्षा कार्यालय रहन नदिइने बताएका छन् । आइतबार सामाजिक संजालमार्फत देवकोटाले शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राखेको उल्लेख गर्दै यसलाई संघीयता विरोधीको संज्ञा दिएका छन् ।

    उनले भनेका छन्, ‘शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राखेर ठूलो उपलब्धि ठानेको होला । संघीयता विरोधी यो प्रावधानलाई कुनै पनि हालतमा संसदबाट पास गर्न दिइने छैन ।’

    उनले जिल्लामा संरचनाहरु राख्नु भनेको स्रोत र साधनको दुरुपयोग हुनु मात्र भएको बताएका छन् ।  उनले भनेका छन्, ‘भूईको टिप्न खोज्दा खल्तीको नपोखिएला भन्न सकिन्न मन्त्रालयको बेलैमा ध्यान जाओस्। संविधानले चिनेको र संविधानले नै काम कर्तव्य अधिकार दिएको जिल्ला समन्वय समिति वेहाल छ । जिल्लामा संरचनाहरु राख्नु भनेको स्रोत र साधनको दुरुपयोग हुनु मात्र हो । थप उपलब्धि केही पनि हुनेछैन÷ हुदैन । स्थानीय तह र प्रदेशको अधिकारसंग बाझिने खालका कुनै पनि संरचनाहरु जिल्लामा राख्न पाइँदैन ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend