logo

२०८३ साउन १३ बुधबार

बागमतीमा फेरि फुटाइयो मन्त्रालय, विना विभागीय मन्त्री चित्रकारले पाए जिम्मेवारी

बागमतीमा फेरि फुटाइयो मन्त्रालय, विना विभागीय मन्त्री चित्रकारले पाए जिम्मेवारी


हाम्रो राष्ट्र
  • आइतबार, २१ साउन २०८०
  • 1.6K
    SHARES

    मकवानपुर । बागमती प्रदेश सरकारमा आइतबार नयाँ मन्त्रालय थप गरिएको छ । प्रदेशमा ११ वटा मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा बनाइएको हो ।

    नयाँ मन्त्रालयको रुपमा स्थापित उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी विना विभागीयमन्त्री रामकृष्ण चित्रकारलाई तोकिएको छ । ७ जेठमा शपथ लिएका चित्रकार झण्डै साढे दुई महिना विना विभागीय भएर बसेका थिए ।

    उनी नेपाली कांग्रेसको प्रदेश संसदीय दलका उपनेता हुन् । कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आएको थियो । यद्यपी माओवादी केन्द्रले उक्त मागलाई अस्वीकार गरेपछि कांग्रेसकै भागमा रहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी चित्रकारलाई जिम्मेवारी प्रदान गरिएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend