logo

२०८३ साउन १३ बुधबार

एक क्वीन्टल सुन प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने

एक क्वीन्टल सुन प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने


हाम्रो राष्ट्र
  • आइतबार, २१ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको एक क्वीन्टल सुन प्रकरणको अब नेपाल प्रहरीले अनुसन्धान गर्ने भएको छ । आइतबार राजश्व अनुसन्धान विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)लाई थप अनुसन्धानका लागि फाइल बुझाएको हो ।

    सुन तस्करी प्रकरण अन्तरदेशीय संगठित अपराध देखिएकाले अनुसन्धान लागि फाइल प्रहरीलाई बुझाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

    अहिलेसम्म यस प्रकरणको विभाग आफैंले अनुसन्धान गरिरहेको थियो । नेपालको रेडी ट्रेड कम्पनीको नाममा हङकङबाट कार्गो गरी ल्याइएको ब्रेकसुभित्र सुन भेटिएको थियो । यो प्रकरणमा विभागले हालसम्म १८ जनालाई पक्राउ गरेको छ ।

    नेकपा एमालेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै सदन अवरुद्ध गरिरहेका बेला विभागले थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मेवारी दिएको हो । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक क्वीन्टल सुन बरामद गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend