logo

२०८३ साउन १४ बिहिबार

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, २१ साउन २०८०
  • 1.6K
    SHARES

     

    चितवन । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् ।

    खैरहनी नगरपालिका–१२ सहनपुरस्थित केरा घारीमा बाघको आक्रमणबाट आइतबार दिउँसो तामाङ मृत्यु भएको वडा नम्बर १२ का वडाध्यक्ष केदार पन्तले जानकारी दिए । शव केराघारीबाट निकालिएको र पोष्टमार्टमका लागि भरतपुर पठाउने तयारी भइरहेको पन्तले बताए ।  बाघ बस्तीमा छिरेर मान्छे आक्रमण गरेपछि दिनभर गाउँमा त्रास फैलिएको थियो ।

    चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ ।

    बाघ शनिबारदेखिनै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । चितवनमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुनेक्रम रोकिएको छैन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend