logo

२०८३ साउन १३ बुधबार

प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल जेनेभा प्रस्थान

प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल जेनेभा प्रस्थान


हाम्रो राष्ट्र
  • सोमबार, २२ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा सहभागी जेनेभा प्रस्थान गरेका छन् । टर्किस एयरको विमानबाट सोमबार बिहान अध्यक्ष नेपाल इस्तानवुल हुँदै जेनेभा प्रस्थान गरेका हुन् ।

    यसैबीच अध्यक्ष नेपालको सचिवालयले सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा अध्यक्ष नेपाल जानकार रहेको बताएको छ । सचिवालयले भनेको छ, ‘सबै प्रकारका भ्रष्टाचार एवम् अनियमितताको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ भन्ने कुरामा उहाँको दृढ मान्यता रहेको छ ।’

    अध्यक्ष नेपाल भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । यसैबीच एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेबारी उपाध्यक्ष वेदुराम भुसालले पाएका छन् । अध्यक्ष माधवकुमार नेपाल जेनेभा प्रस्थान गरेपछि भुसालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend