logo

२०८३ साउन १४ बिहिबार

एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित

एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित


हाम्रो राष्ट्र
  • सोमबार, २२ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । एक क्वीन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको नेकपा एमालेले सोमबार पनि राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ ।

    बैठकको सुरुवातमै एमाले सांसदहरु आफ्नो सिटबाट उठेर विरोध गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बसेर बैठकको कारबाही अघि बढाउन आग्रह गरे ।

    शीर्ष नेताहरुको बैठक समेत बसिरहेको जानकारी दिँदै उनले बैठक अघि बढाउन आग्रह गरेपनि एमाले सांसदहरु उठिरहेपछि राष्ट्रिय सभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । सुन प्रकरणमा प्रहरीले छानबिन गरिरहेको छ । तर एमालेले भने उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend