logo

२०८३ साउन १४ बिहिबार

एएफसी कपमा नेपालको मछिन्द्र र भुटानको पारो एएफसीबीच खेल हुने

एएफसी कपमा नेपालको मछिन्द्र र भुटानको पारो एएफसीबीच खेल हुने


हाम्रो राष्ट्र
  • सोमबार, २२ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी) को आयोजनामा हुने एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसी क्लबसँग खेल्दैछ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार साँझ हुने खेलमा दुवै टोली तयारी अवस्थामा रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    मछिन्द्र क्लबका प्रशिक्षक किशोर केसीले सबै प्रशिक्षण सकेर खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहको बताए । सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको हो । लिगमा च्यापियन बनेको चर्च ब्वाइज क्लबसँग एएफसी क्लबको लाइसेन्स नहुँदा उपविजेता बनेको मछिन्द्रले मौका पाएको हो ।

    यता भुटानको पारो एएफसी क्लब लिगमा पहिलो स्थान हासिल गर्दै प्रतियोगितामा सहभागिता जनाएको हो । पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले भुटानमा लिग भइरहेकाले आफ्नो टोलीको तयारी राम्रो रहेको बताए ।

    उनले मछिन्द्र क्लबमा राष्ट्रिय खेलाडीसमेत समावेश रहेकाले आफूहरूले मछिन्द्र क्लबलाई बलियो प्रतिद्वन्द्वीको रूपमा लिएको बताए । मछिन्द्र र पारोबीचको खेलको विजेताले एएफसी कपको दोस्रो चरणमा भारतको मोहन बगान क्लबसँग खेल्ने मौका पाउनेछ ।

    उक्त खेल यही साउन ३१ गते हुनेछ । मछिन्द्रले गत वर्ष पनि एएफसी कपको प्रारम्भिक चरण खेलेको थियो । उक्त खेलमा मछिन्द्र श्रीलङ्कन क्लब ब्लू स्टारसँग घरेलु मैदानमै पराजित भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend