logo

२०८३ साउन १३ बुधबार

बाढी पहिरोले कुन-कुन राजमार्ग र सडक अवरुद्ध ?

बाढी पहिरोले कुन-कुन राजमार्ग र सडक अवरुद्ध ?


हाम्रो राष्ट्र
  • मंगलबार, २३ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । भारी वर्षाका कारण काठमाडौंलगायत देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि काठमाडौंमा निरन्तर वर्षा भइरहेको छ ।

    उपत्यकामा भारी वर्षाका कारण नदी र खोलामा बाढी आएको छ । अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण राजमार्ग र सडकहरु अवरुद्ध भएका छन् ।

    प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरोका कारण यो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । त्यस्तै सिद्धार्थ राजमार्ग समेत अहिले एकतर्फी मात्र सञ्चालनमा छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड अवरुद्व भएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मङ्गलबार दिउँसो सडक भासिँदा अवरुद्व भएको हो ।

    सडक अवरुद्व बनेपछि राजमार्ग भएर गुड्ने सवारीसाधन रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बाढी र पहिरोका कारण क्षतिग्रस्तमध्ये अहिले चार राष्ट्रिय राजमार्ग ठप्प रहेका सडक विभागले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend