logo

२०८३ साउन १३ बुधबार

संसद् बैठक सञ्चालन गर्न एमाले सहमत

संसद् बैठक सञ्चालन गर्न एमाले सहमत


हाम्रो राष्ट्र
  • मंगलबार, २३ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको अवरोध हटाउन सहमत भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि एमाले सदको अवरोध हटाउन सहमत भएको हो । एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले गृहमन्त्रीको जवाफ सुन्ने र चित्त नबुझे पुनः अवरोध गर्ने बताए ।

    उनले भने, ‘हामी पहिला गृहमन्त्रीको जवाफ सुन्छौं। त्यसमा उच्चस्तरीय समिति गठन गर्ने विषय आयो भने हामी स्वागत गर्छौं‚ बैठक सहजै अघि बढ्छ। नभए हामी अवरोध कायम राख्छौं।’

    एक क्वीन्टल सुन तस्करी प्रकरणका विषयमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध पार्दै आइरहेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend