logo

२०८३ साउन १४ बिहिबार

शिक्षा विधेयकको विरोधमा निजी विद्यालय संचालक आन्दोलित, विद्यालय बन्दको घोषणा

शिक्षा विधेयकको विरोधमा निजी विद्यालय संचालक आन्दोलित, विद्यालय बन्दको घोषणा


हाम्रो राष्ट्र
  • मंगलबार, २३ साउन २०८०
  • 1.7K
    SHARES

    काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति असहमति जनाउँदै आन्दोलनको घोषणा गरेका छन् ।

    मंगलबार प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेका हुन्। आन्दोलनका कार्यक्रम अन्तरगत उनीहरुले साउन २८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गरेका छन् ।

    प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले विद्यालय बन्दको घोषणा अघि नै सरकारले लिखित प्रतिबद्धता जनाउनुपर्ने बताए । विधेयकको मस्यौदामा निजी विद्यालय ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ। निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउदै आएका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend