logo

२०८३ साउन १४ बिहिबार

रोल्पामा बस दुर्घटना, चार जनाको मृत्यु

रोल्पामा बस दुर्घटना, चार जनाको मृत्यु


हाम्रो राष्ट्र
  • मंगलबार, २३ साउन २०८०
  • 1.4K
    SHARES

    रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । रोल्पाको बाघमारादेखि दाङको घोराहीतर्फ गइरहेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको तिला बजार नजिकै रिसि घुम्तीमा मंगलबार दिउँसो दुर्घटना भएको हो ।

    दुर्घटनामा परी दुई पुरुष र दुई महिला मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा करिब ९ जना गम्भीर घाइते भएका बताइएको छ । घाइतेहरुको उद्धार कार्य जारी रहेको र मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ । बस सडकबाट करिब एकसय मिटर तल खसेको थियो।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend