logo

२०८३ साउन १४ बिहिबार

संसद तोकिएकै समयमा सुरु हुनुपर्छः सभापति लामिछाने

संसद तोकिएकै समयमा सुरु हुनुपर्छः सभापति लामिछाने


हाम्रो राष्ट्र
  • मंगलबार, २३ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद तोकिएकै समयमा सुरु हुनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले सदन समयमै नचलेको भन्दै आपत्ति जनाएका हुन् ।

    उनले तीनजना नेता बसेर सदन बस्नु अघि नै बार्गेनिङ गर्ने गरेको बताए । उनले भने, ‘तीन जना नेता मिलेर सल्लाह गर्नुपर्ने भए संसद्को समय कहिले सुरु हुन्छ भनेर सूचना जारी भइसकेपछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुरा मिल्ने, मिलाउनुपर्ने कुरा मिलाउने पहिल्यै किन गर्न सक्दैनौँ ?’

    उनले केही नेता बसेर सदनलाई बन्धक बनाउन नपाइने र सदनको घण्टी बज्नुअघि जे–जे मिलाउनुपर्छ मिलाउन आग्रह गरे । उनले संसदीय समितिमा आफ्नो दललाई ठाउँ नभएको भए आफूहरू प्रमुख प्रतिपक्षी दल बनेको बताए । सभापति लामिछानेले संसदीय समितिमा प्रमुख तीन दलबीच भागवण्डा मिलेको हो भने आफूहरू प्रमुख प्रतिपक्षी दल बनेको बताए ।

    उनले भने,’समाचारमा आए अनुसार प्रमुख तीन दलबीच संसदीय समितिको भागवण्डा भइसकेछ । भागवण्डा मिलेरै बैठक सुरु भएको होला । यदि त्यसो हो भने हामी प्रमुख प्रतिपक्षी भएका छौँ । हामी खुसी छौँ ।हामीलाई कुनै पनि संसदीय समितिमा ठाउँ छैन ।’

    अमुक नेता मिल्दा र नमिल्दा संसद चल्ने र नचल्ने निर्णय गर्न नहुने भन्दै उनले संसदमा जनताका कुरामा छलफल हुनुपर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend