logo

२०८३ साउन १४ बिहिबार

एमालेलाई माओवादीको प्रश्नः यसअघि पनि सुनको तस्करी त भइरहेको रहेछ त किन नरोकेको ?

एमालेलाई माओवादीको प्रश्नः यसअघि पनि सुनको तस्करी त भइरहेको रहेछ त किन नरोकेको ?


हाम्रो राष्ट्र
  • मंगलबार, २३ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन बाहरिएको विषयको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अवैधरुपमा भइरहेको सुनको तस्करीलाई रोक्न वर्तमान सरकारले चालेको कदमलाई सहयोग गर्न केले रोक्यो भनेर प्रश्न गरे ।

    “यसभन्दा पहिला पनि सरकार र गृह मन्त्रालयल थियो तर सुन आउनेजाने त भइरहेको रहेछ । सुनको व्यापार त भइरहेको रहेछ, तर यही सरकारले खोजेर यो प्रकरण रोक्नुपर्छ भनेर आएको विषयलाई सहयोग गर्नका लागि प्रतिपक्षलाई केले छेक्यो ?” उनले प्रश्न गरे ।

    संविधान निर्माणका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग राख्नुपर्छ भन्दा कसैको विमति नभएको स्मरण गराउँदै सांसद पौडेलले संविधानमा व्यवस्था भएका यी सबै संरचनालाई पार्टी विशेषका संस्थाका रुपमा नबुझ्न आग्रह गरे ।

    उनले सम्बन्धित निकायले दृढतापूर्वक छानबिन अगाडि बढाइरहेका बेला अर्को समिति बनाइनु उचित नहुने बताए । “यी संस्था संवैधानिक हिसाबले निर्णय गरेर अगाडि बढाइएका राज्यका निकाय होइनन् ?, यी निकायले काम गर्दैगर्दा अर्को छानबिन समिति बनाउँदा गरिराखेको छानबिनमाथि प्रश्न उठ्दैन ?’ उनले भने ।

    माओवादी उच्चस्तरीय छानबिन समितिको विरोधी नभएको प्रष्ट पार्दै उनले छानबिनको निष्कर्ष नआउँदासम्मका निम्ति धैर्यतापूर्वक बस्न आग्रह गरे । उनले गृह प्रशासन र राज्यका अन्य निकायले गरिरहेका कामका लागि सहयोग गर्नसमेत प्रतिपक्षीसँग आग्रह गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend