logo

२०८३ साउन १३ बुधबार

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेद्वारा संसद बैठक अवरुद्ध

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेद्वारा संसद बैठक अवरुद्ध


हाम्रो राष्ट्र
  • मंगलबार, २३ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै संसद अवरोध कायमै राखेको छ ।

    एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसदको अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    त्यसअघि प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको भन्दै राज्यकै निकायलाई विश्वास गर्नुपर्ने बताएका थिए । तर, गृहमन्त्री श्रेष्ठको सम्बोधन लगत्तै एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend