logo

२०८३ साउन १३ बुधबार

पारोलाई ३-२ ले पराजित गर्दै मछिन्द्र दोस्रो चरणमा

पारोलाई ३-२ ले पराजित गर्दै मछिन्द्र दोस्रो चरणमा


हाम्रो राष्ट्र
  • मंगलबार, २३ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । मछिन्द्र फुटबल क्लवले एएफसी कपको प्रारम्भिक छनोटको दोस्रो चरणमा पुगेको छ । मंगलबार दशरथ रंगशालामा भएको प्रारम्भिक पहिलो चरणको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई ३–२ गोलले पराजित गरेको हो । मछिन्द्रका लागि बिमल घर्तीमगर, आयुष घलान र अफिज ओलाओलेले गोल गरेक थिए ।

    त्यस्तै पारोले एक गोल उपाहार पाएको थियो भने अर्को गोल इभान्स असान्तेले गरेका हुन् । खेलको सातौं मिनेटमा उपहार गोलले पारो एफसीले अग्रता बनाएको थियो । मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले क्लिय गर्ने क्रममा बललाई आफ्नो पोस्टतर्फ पन्च गर्न पुगेका थिए । खेलको १२ औं मिनेटमा मछिन्द्रले बराबरी गोल गर्दै खेलमा फर्किएको थियो ।

    मछिन्द्रका लागि स्ट्राइकर बिमल घर्तीमगरले गोल गरेका हुन् । डिबक्सबाहिरबाट आयुष घलानले उपलब्ध गराएको बलमा सुन्दु हेडिङ गदै बिमलले गोल गरेका थिए । खेलका १६ औं मिनेटमा मछिन्द्रले आयुष घलानको गोलमा पारो एफसीविरुद्ध अग्रता बनायो । उनले बिमलको पासमा बक्सभित्रबाट सुन्दर गोल गरेका हुन् ।

    खेलको ३९ औं मिनेटमा मछिन्द्रका लागि अफिज ओलाओलेले ओमोलाजा करिमको पासमा बक्सभित्रबाट गोल गर्दै मछिन्द्रलाई ३–१ गोलको स्थितिमा पुर्याए । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा एक गोल खान पुग्यो । खेलको ७१ औं मिनेटमा इभान्स असान्तेले पारो एफसीका लागि गोल गरेका हुन् । जितसँगै मछिन्द्र छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend