logo

२०८३ साउन १३ बुधबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


हाम्रो राष्ट्र
  • बुधबार, २४ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भइ हाल काठमाडौँ महानगरपालिका वडा नम्बर १ बस्ने दिनेश कोइराला रहेका छन् ।

    राधादेवी ग्रुप इन्टरनेशनल कम्पनीका सञ्चालक उनले विभिन्न व्यक्तिहरुलाई खातामा रकम नै नभएको चेक दिएर बैंकिङ कसुर गरेको प्रहरीले जनाएको छ । कोइरालालाई जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरी टोलीले चन्द्रागिरीबाट पक्राउ कारबाही प्रक्रिया अघि बढाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend