logo

२०८३ साउन १३ बुधबार

यो सरकारको नेतृत्वले गौर हत्याकाण्डका पीडितलाई न्याय दिने हैसियत राख्न सक्दैनः बाबुराम भट्टराई

यो सरकारको नेतृत्वले गौर हत्याकाण्डका पीडितलाई न्याय दिने हैसियत राख्न सक्दैनः बाबुराम भट्टराई


हाम्रो राष्ट्र
  • बुधबार, २४ साउन २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गौर हत्याकाण्ड कुनै राज्यविरूद्धको विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासँग जोडिएको घटना नभएको बताएका छन् ।

    सामाजिक संजालमार्फत भट्टराईले पीडित आन्दोलनकारीहरूलाई पटक–पटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ नहुने बताएका हुन् । उनले गौर हत्याकाण्डको आन्तरिक र बाह्य जरो नखोतली सत्ताको अंकगणितभन्दा माथि उठ्नुपर्ने बताएका छन् ।

    उनले भनेका छन्,‘गौर हत्याकाण्डको आन्तरिक र बाह्य जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसवारे पीडित आन्दोलवकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न । स्मरण रहोस् यो विभत्स हत्याकाण्ड कुनै राज्यविरूद्धको विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासंग जोडिएको घटना हैन! यो त मधेशका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकहरूलाई मुक्तिआन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुनियोजित ढंगले मच्चाएको नृसंस आतंक र हत्याकाण्ड थियो ।’

    उनले अहिलेको सरकारले घटनाका पीडितलाई न्याय दिनेमा पनि उनले आशंका व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘तिनै वर्चस्वशाली भित्री र बाहिरी शक्तिको टेकोपुँडोमा अडेको यो सरकारको नेतृत्वले पीडितलाई न्याय दिने हिम्मत र हैसियत राख्ला ? भविष्यले बताउनेछ । शान्तिप्रकृया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर पनि यसवारे केही गर्न नसकेकोमा आत्मालोचित छौं । सत्य र न्यायका पक्षधर शक्तिहरूको दबाब र खबरदारी जारी रहोस् ! सत्य र न्यायको जित एक दिन अवस्य हुनेछ !’ सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच मंगलबार पाँच बुँदे सहमति भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend