logo

२०८३ साउन १३ बुधबार

नक्कली नोटसहित तारकेश्वरबाट तीनजना पक्राउ

नक्कली नोटसहित तारकेश्वरबाट तीनजना पक्राउ


हाम्रो राष्ट्र
  • बुधबार, २४ साउन २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ५ मा पर्ने गोलढुंगा नगिनी खोला नजिकबाट नक्कली नोटसहित तीनजना प्रकाउ परेका छन् ।

    हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङका लक्ष्मी पाण्डे, लमजुङका सुवास गुरुङ र रामेछापका मदन दमाईलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनीहरूको कोठाबाट नेपाली रुपैयाँ एक हजारको १८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २०० थान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

    नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकाले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइराखेको हुन सक्ने आशंका गरिएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend