logo

२०८३ साउन १३ बुधबार

पहिरो नरोकिएपछि सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै अवरुद्ध

पहिरो नरोकिएपछि सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै अवरुद्ध


हाम्रो राष्ट्र
  • बुधबार, २४ साउन २०८०
  • 1.1K
    SHARES

    धनगढी । कैलालीको चुरे पहाडमा भासिएको भीमदत्त राजमार्ग मर्मतको काम नसकिँदा राजमार्ग संचालन हुन सकेको छैन । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ को बुढीतोलास्थित भीमदत्त राजमार्ग भासिएकोमा मर्मतको काम नसकिएको हो ।

    प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार सडक भासिएको ठाउँसम्म डोजर पुगेको छैन। भासिएको ठाउँ भन्दा अत्तरिया तिर पनि पहिरो गएकाले सडक मर्मतमा समय लागेको हो। मंगलबार साँझ फेरि वर्षा सुरु भएको छ । वर्षाका कारण पहिरो हटाउने काम रोकिएको छ ।

    सोमबार रातिको अविरल वर्षापछि पहिरोसँगै भासिएको भीमदत्त राजमार्ग सुचारु गर्न तीन वटा डोजरले काम गर्दैछन्। सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग नै भासिएपछि मंगलबारबाट तराई र पहाडको यातायात अवरुद्ध भएको छ। यात्रुहरु पैदल हिँडेर यातायातका साधन भएको ठाउँसम्म जाने गरेका छन् ।

    बुढीतोला र अत्तरिया दुबैतर्फबाट भारी उपकरणको प्रयोग गरेर छिटोभन्दा छिटो सडक सुचारु गर्ने प्रयास भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले बताएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend