logo

२०८३ साउन १३ बुधबार

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान


हाम्रो राष्ट्र
  • बुधबार, २४ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ विरुद्ध उजुरी आह्वान भएको छ ।संसदीय सुनवाइ समितिले संवैधानिक परिषद्ले हालै सर्वोच्च अदालतको प्रधानन्यायाधिशका लागि सिफारिस गरिएका श्रेष्ठ विरुद्ध उजुरी आह्वान गरेको हो ।

    समितिको मंगलबारको बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन सार्वजनिक सञ्चार माध्यममार्फत सूचना आह्वान गर्ने निर्णय गरेको थियो ।

    तोकिएको समयावधिभित्र उजुरी प्राप्त भएको खण्डमा ससदीय समितिले उनीसँग त्यसबारे जानकारी लिँदै संसदीय सुनुवाइ गर्नेछ । समिति समक्ष उनले प्रधानन्यायाधीश भएको खण्डमा आफूले अघि बढाउने कार्ययोजना, अनुभव, अवधारणा र सोच प्रस्तुत गर्नेछन् । सुनुवाइ समितिले नाम अनुमोदन गरेको खण्डमा राष्ट्रपतिबाट उहाँलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् ।

    विस २०७३ साउन १७ गते सर्वाेच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा रहेका श्रेष्ठ केही दिनयता कामु प्रधानन्यायाधीशमा कार्यरत छन् । विसं २०१६ असोज २० गते डोटीको सिलगढीमा जन्मिएका उनी विस २०३८ मा अस्थायी शाखा अधिकृतरुपमा न्याय सेवामा प्रवेश गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend