logo

२०८३ साउन १४ बिहिबार

श्रीलङ्कामा एक महिनामा आठ लाखभन्दा बढी पर्यटक भित्रिए

श्रीलङ्कामा एक महिनामा आठ लाखभन्दा बढी पर्यटक भित्रिए


हाम्रो राष्ट्र
  • बुधबार, २४ साउन २०८०
  • 1.2K
    SHARES

    श्रीलङ्कामा यस वर्ष अगष्ट ८ सम्ममा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको श्रीलङ्का विकास प्राधिकरण (एसएलटीडीए) ले बुधबार जानकारी दिएको छ ।

    अगस्टको पहिलो छ दिनमा श्रीलङ्कामा ३० हजार ३०३ पर्यटक भित्रिएको र भारत, संयुक्त अधिराज्य र चीन अगस्ट को आगमनको लागि शीर्ष स्रोत बजार भएको एसएलटीडीएका अध्यक्ष प्रियन्था फर्नान्डोले बताए ।

    श्रीलङ्कामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक सङ्कटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक पर्यटन क्षेत्र धरासायी भएको छ । सन् २०२२ मा दक्षिण एसियाली राष्ट्रमा सात लाख २० हजारभन्दा कम पर्यटक आएका थिए ।

    यद्यपि, आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा यो उद्योगमा सुधार आएको छ । सन् २०२३ को जुन महिनामा सबैभन्दा बढी एक लाख ४३ हजार ३९ पर्यटक नेपाल भित्रिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend