काठमाडौं । अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध उनलाई कार्वाही गर्नुपर्ने मागसहित तामाङ र मगर समुदायले टेकुमा गरेको धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ। समितिलाई सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न १० दिनको समय तोकिएको छ ।
त्यस्तै कारागार कार्यालय संखुवासभासभाका कैदीहरू विनोद तोलाङ्गी र विकास श्रेष्ठ भनिने आकाश बलामीको साउन २४ गते कारागारभित्रै मृत्यु भएको सम्बन्धमा समेत सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले छुट्टाछुट्टै विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका हुन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend