logo

२०८३ साउन १३ बुधबार

सरस्वती नेपालीलाई अमेरिकाको ‘जिएआरसी’ अवार्ड

सरस्वती नेपालीलाई अमेरिकाको ‘जिएआरसी’ अवार्ड


हाम्रो राष्ट्र
  • बिहिबार, २५ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सीमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आएकी सरस्वती नेपालीले संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ (जिएआरसी) प्राप्त गरेकी छन् ।
    बीस वर्षदेखि नेपालमा सीमान्तकृत जाति, अपाङ्गभएका व्यक्ति र गरिबहरूको मानवअधिकारको वकालत गर्दै आएकी सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा उनले यो अवार्ड प्राप्त गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
    उनको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् । अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धको मुद्दाहरू जितेकी थिइन्  । सम्मान र समानताको खोजीमा उनको योगदान साहस र समर्पणको उदाहरण हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend