logo

२०८३ साउन १४ बिहिबार

कपनमा महानगरको डोजर पसेपछि स्थानीयबासी आन्दोलित

कपनमा महानगरको डोजर पसेपछि स्थानीयबासी आन्दोलित


हाम्रो राष्ट्र
  • बिहिबार, २५ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर लिएर गएपछि स्थानीयले विरोध गरेका छन् ।

    बुढानीलकण्ठ नगरपालिका–१० नम्बर वडाको सिमानामा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगरको टोली पुगेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । बुढानीलकण्ठ नगरपालिकाका स्थानीय बासिन्दाले भने वर्षाको समयमा डोजर आतंक गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरेका छन् ।

    महानगरसँग सीमा जोडिएको बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाका स्थानीयले विरोध जनाएपछि केहीबेर तनाब उत्पन्न भएको थियो । महानगर र स्थानीयबीच तनाब उत्पन्न भएपछि नेपाल प्रहरीले स्ल्याब हटाउनबाट रोकेको छ ।

    प्रहरीले महानगरको डोजरको चाबी खोसेको हो । स्थानीयको आक्रोशबीच महानगरले स्ल्याब हटाउन बल गरेपछि स्थिति थप तनाबग्रस्त हुन नदिन डोजरको चाबी खोसिएको प्रहरीले जनाएको छ । कपन खोला काठमाडौं महानगरको वडा नम्बर ६ र ७, बूढानीलकण्ठको वडा नम्बर १०, ११ र १२ र गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ९ को सीमा क्षेत्रमा पर्छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend