logo

२०८३ साउन १३ बुधबार

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे संसद भवनको लोत्से हलमा बैठक बोलाइएको छ । बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन विधेयकलाई कसरी अगाडि बढाउने, नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

    बैठकमा आगामी दिनमा संसदमा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend