logo

२०८३ साउन १३ बुधबार

सुन तस्करी प्रकरण: चीन भाग्न लागेका दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

सुन तस्करी प्रकरण: चीन भाग्न लागेका दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । प्रहरीले क्वीन्टल सुन तस्करी संलग्न दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार बिहान हिमालय एयरलाइन्सबाट चीन फर्किन लागेका चिनियाँ नागरिक ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको हो ।

    दुवै जना सुन तस्करी प्रकरणका मुख्य अभियुक्तमध्येका रहेको बताइएको छ । यसअघि विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परिसकेका छन् । सुरुमा राजश्व अनुसन्धान विभागले यसको अनुसन्धान गरिरहेकोमा अहिले सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको छ । अहिलेसम्म यस प्रकरणमा १८ जना पक्राउ परेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend