logo

२०८३ साउन १३ बुधबार

महाधिवेशनको मिति तोक्न एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

महाधिवेशनको मिति तोक्न एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

    पार्टी गठनको करिब दुई वर्ष भएकाले महाधिवेशन गरी देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना र रणनीति केन्द्रीय कमिटी बैठकले पारित गर्ने महासचिव घनश्याम भुसालले जानकारी दिए ।

    पार्टीको महाधिवेशनको निर्णय गर्ने प्रमुख जिम्मेवारी रहेको बैठकमा रिपोर्टिङ÷राजनीतिक प्रतिवेदनमाथि छलफल, समसामयिक परिस्थिति र हाम्रो कार्यभार र विविध विषयमा छलफल गरिने छ ।

    महासचिव भुसालका अनुसार केन्द्रीय कमिटी बैठक अगाडि पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते राखिएको छ । सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा गरिने उक्त बैठकमा जनताको बहुदलीय जनवादको सान्दर्भिकताबाारे बहस गरिने छ ।

    बैठकको निर्णयलाई मूर्तरूप दिन अनौपचारिक छलफल गरी कार्यान्वयनका लागि शीर्षनेतालाई जिम्मेवारी प्रदान गरिने बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend