logo

२०८३ साउन १३ बुधबार

सदनको अवरोध खुलाउन सभामुख र राष्ट्रियसभाका अध्यक्षद्वारा राष्ट्रपतिसँग सहयोग माग

सदनको अवरोध खुलाउन सभामुख र राष्ट्रियसभाका अध्यक्षद्वारा राष्ट्रपतिसँग सहयोग माग


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ साउन २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेट गरेका छन् ।

    शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर सभामुख र अध्यक्षले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। उनीहरुबीच संसदमा जारी अवरोधबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुलाउन भएका छलफल प्रयासबारे समेत जानकारी लिएका थिए ।

    सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका थिए । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीकाअनुसार भेटमा सभामुख घिमिरेले अविभावकको नाताले पहल गरिदिन राष्ट्रपतिसँग सहयोग मागेका थिए । सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरी समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend