logo

२०८३ साउन १३ बुधबार

सुनिल शर्माको प्रतिरक्षामा उत्रियो एमाले

सुनिल शर्माको प्रतिरक्षामा उत्रियो एमाले


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद ज्वालाकुमारी साहले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कांग्रेस सांसद डा. सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेकोमा आपत्ति जनाएकी छिन् ।

    शुक्रबारको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै सांसद साहले म्याद सकिएको प्रमाणपत्रलाई लिएर अहिले बखेडा झिकिएको बताएकी हुन् ।

    उनले भनिन्,’सुनिल शर्माजीलाई पक्राउ गरिएको छ । जसले पटक–पटक सुनकाण्डमा छानबिन हुनुपर्छ भनेर आवाज उठाइरहनु भएको थियो । उनलाई कुन हिसाबबाट समातिएको छ ? कानुनले पनि मिल्दैन, उहिल्यै म्याद सकिएको प्रमाणपत्रलाई देखाएर अहिले बखेडा झिकेर समातिएको छ । यसमा घोर आपत्ति छ ।’

    केही दिन अघि संसद बैठकमा विशेष समय लिएर बोलेका शर्माले १ क्विन्टल सुन तस्करी प्रकरणमा सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको भूमिका शंकास्पद रहेको आरोप लगाउँदै गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए ।

    नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार काठमाडौंको गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend