logo

२०८३ साउन १५ शुक्रबार

संसद अवरुद्ध भएको दिनको सेवा सुविधा रास्वपाका सांसदहरूले नलिने

संसद अवरुद्ध भएको दिनको सेवा सुविधा रास्वपाका सांसदहरूले नलिने


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने भएका छन् । शुक्रबार रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई पत्र बुझाउँदै आफ्ना सांसदहरूले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने जानकारी गराएका हुन् ।

    हालसम्ममा रास्वपाले पाएको पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि पनि सभामुख घिमिरेलाई रास्वपाले आग्रह गरेको छ । रास्वपाले संसद बैठक नियमित गर्न आवश्यक पहलकदमी लिन र सबै जिम्मेवार राजनीतिक पार्टीलाई सजग गराउन पनि सभामुख घिमिरेलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend