logo

२०८३ साउन १३ बुधबार

गौर हत्याकाण्डमा सरकारको व्यवहारप्रति जसपा ससंकित

गौर हत्याकाण्डमा सरकारको व्यवहारप्रति जसपा ससंकित


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीले गौर हत्याकाण्ड पीडितसँग सम्झौता गरेर सरकारले जसपलाई फसाउन खोजेको आरोप लगाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी जसपाले सम्झौताका कतिपय बुँदाप्रति आपत्ति जनाएको हो ।

    पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनिष सुमनले पीडितसँग भएका सम्झौताका कतिपय बुँदामा आपत्ति रहेको भन्दै खेद प्रकट गरे । उनले भने,’गौर हत्याकाण्डको छानबिन प्रक्रिया गलत बाटोमा लगिँदैछ। सम्झौतामा भएका धेरै बुँदमा हाम्रो असहमति छ। सम्झौताको पहिलो बुँदामै जाहेरी भएका भन्ने उल्लेख छ। ती बेलाका जाहेरीहरू नै पूर्वाग्रही थिए ।’

    उनले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई बिथोल्ने काम गरेको भन्दै आपत्ति जनाए ।

    उनले १७ वर्षअघि भएको घटनामा अहिले किन सम्झौता गरियो भन्दै सरकारको व्यवहारप्रति संशय प्रकट गरे । उनले विगतमा भएका प्रतिवेदनहरू सार्वजनिक गर्न मागसमेत गरेका छन् ।

    प्रवक्ता सुमनले भने, ‘विभिन्न प्रतिवदेनमा पनि फोरमको शान्तिपूर्ण सभालाई माओवादी बिथोलेको उल्लेख छ। त्यति हुँदाहुँदै १७ वर्षपछि सरकारले किन सम्झौता गर्यो। विगतका प्रतिवदेनहरू सार्वजनिक गरियोस्। संसदीय छानबिन गरी घटनाको सत्य तथ्य पत्ता लगाइयोस् ।’

    उनले यही कारण आफूहरुले सरका नछाड्ने बताए । उनले भने, ‘सरकारमा रहने नरहने कुरा सरकारको व्यवहारमा भर पर्छ ।’ उनले रौतहटको गौरमा २०६३ चैत ७ गते भएको उक्त घटनामा माओवादीको संलग्नता रहेको दाबी गरे । उनले त्यसदिन जसपाको सभास्थलमा माओवादीले बम पड्काएको र त्यसपछि फायरिङ खोलेको आरोप लगाए।

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend