logo

२०८३ साउन १३ बुधबार

सांसद शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

सांसद शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । अदालतले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राख्न म्याद थपका लागि गरेको आग्रह अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । शर्मालाई सीआईबीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

    शर्माकै जस्तो समान कसुरमा पक्राउ परेका अरु ७ जनालाई भने अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। शर्मा प्रतिनिधि सभा सदस्य समेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतले ठहर गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend