logo

२०८३ साउन १३ बुधबार

सुन तस्करीको विरोधमा बोलेकाले सरकारले सुनिल शर्मालाई समात्योः अध्यक्ष ओली

सुन तस्करीको विरोधमा बोलेकाले सरकारले सुनिल शर्मालाई समात्योः अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई सुन तस्करीको विरोधमा बोलेकाले सरकारले पक्राउ गरेको आरोप लगाएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा अध्यक्ष ओलीले सरकार सुन प्रकरणको विरोध गर्ने सबैको मुख बन्द गर्ने अभियानमा लागेको आरोप लगाए ।

    उनले भने, ‘सुनिल शर्माले अहिले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेपछि दुई दिनमा फेक सर्टिफिकेट बनाएको हो ? दुई दिन बोल्नेवित्तिकै हतकडी ? जाली सर्टिफिकेट भएको भए पहिला किन लुकाएको ? किन चुनावमा उम्मेदवार बनाएको ? होइन भने दुई दिन सरकारको विरोध गर्नेवित्तिकै किन समात्या ?’

    ओलीले अहिले सबै पोल खुल्ने डरले संसदमा सत्तापक्षले प्रतिपक्ष बोल्न थालेपछि सबै उठेर अवरोध गर्न थालेको टिप्पणी गरे। उनले सुन प्रकरणले भारतले गम्भीर ढंगले प्रश्न गरिरहेको बताए । उनले भने, ‘यसले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने भइसक्यो । भारतले गम्भीर ढंगले प्रश्न गरिरहेको छ । अर्थतन्त्र यस्तो भइसक्यो ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend