logo

२०८३ साउन १५ शुक्रबार

बढुवा रोकिएको भन्दै राखेपका कर्मचारी आन्दोलित

बढुवा रोकिएको भन्दै राखेपका कर्मचारी आन्दोलित


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्मा रहेका विभिन्न खेलका प्रशिक्षकसहित उपत्यकाका तीन जिल्लाका कर्मचारीले आफूहरूको बढुवा प्रक्रिया रोकिएको भन्दै शुक्रवारदेखि आन्दोलन शुरु गरेका छन् ।

    तीन जिल्लाका कर्मचारीहरूले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा शुक्रवार कोणसभा आयोजना गर्दै आन्दोलन शुरु गरेका हुन् । देशभर ७७ जिल्ला र केन्द्रमा गरेर करारसहित करिव आठ सयभन्दा बढी कर्मचारीहरू नेपाली खेलकुदमा कार्यरत छन् । तीमध्ये करिव चार सय जनाको पछिल्लो समय बढुवा प्रक्रिया अन्तिम चरणमा पुगेको थियो ।

    यद्यपि, बढुवा प्रक्रियामा युवा तथा खेलकुद मन्त्रालयले अवरोध पुर्याइरहेको राखेपका कर्मचारीको आरोप छ । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बिहीवार पत्रकार सम्मेलन गर्दै चरणवद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

    सोही आन्दोलनका कार्यक्रमअन्तर्गत शुक्रवार राखेपका तीन जिल्लामा रहेका प्राविधिक र प्रशासनीक कर्मचारीले कोणसभा आयोजना गर्दै पहिलो चरणको आन्दोलन गरेका हुन् ।

    राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको नेतृत्वमा शुक्रबारदेखि आन्दोलन शुरु भएको हो । राखेपमा करिव तीन दशकसम्म कर्मचारीको बढुवा हुन सकेको छैन । केही खेलका प्रशिक्षकले पनि दुई दशकदेखि एउटै पदमा रहेर काम गरिरहेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend