logo

२०८३ साउन १३ बुधबार

ला लिगामा रायो भालेकानो र भ्यालेन्सियाको विजयी सुरुवात

ला लिगामा रायो भालेकानो र भ्यालेन्सियाको विजयी सुरुवात


हाम्रो राष्ट्र
  • शनिबार, २७ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत रायो भालेकानो र भ्यालेन्सियाले विजयी सुरुवात गरेका छन् । गएराति भएको खेलमा रायो भालेकानोले अल्मेरियालाई दुई शून्यले पराजित गरेको हो ।

    रायो भालेकानोको जितमा इसी पालाजोन र रान्डी एनटेकाले पेनाल्टीमार्फत एक(एक गोल गरे । यता भ्यालेन्सियाले १० खेलाडीमा सिमित सेभिल्लालाई २-१ ले पराजित गरेको हो ।

    भ्यालेन्सियाको जितमा माउक्टर डियाख्बी र जाभी गुएराले एक/एक गोल गरे । सेभिल्लाका लागि युसोफ एन-नेसरीले एक गोल फर्काए । सेभिल्लाका लुइक बाडे ८१ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend