logo

२०८३ साउन १३ बुधबार

अब चीनसँग रसुवा नाकाबाट क्रसबोर्डर ट्रान्समिसन लाइन बनाउने कुरामा सहमति हुन्छः प्रधानमन्त्री

अब चीनसँग रसुवा नाकाबाट क्रसबोर्डर ट्रान्समिसन लाइन बनाउने कुरामा सहमति हुन्छः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • शनिबार, २७ साउन २०८०
  • 1.2K
    SHARES

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन र बंगलादेशसँग विद्युत व्यापारको सम्झौता हुने बताएका छन् । युवा दिवसका अवसरमा शनिबार भरतपुर महानगरपालिकाले पटिहाहनीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले दुई देशबीचको मित्रताको आधारमा विद्युतको उत्पादन बढाएर व्यापार गर्न लागेको उनले बताए ।

    उनले भने,’छिट्टै काठमाडौँमा विशेष समारोहसहित घोषणा गर्दैछौँ ।’ आफू इटाली जाँदा रोममा बङ्गलादेशका प्रधानमन्त्रीसँग कुरा हुँदा पनि नेपालको विद्युत् र कृषिका क्षेत्रमा लगानी गर्नसक्ने सम्भावनाबारे कुराकानी भएको उनले बताए ।

    उनले भने, ‘पहिलो पटक नेपालको इतिहासमा भारतको बाटो हुँदै बङ्गलादेशमा विद्युत् व्यापार गर्ने सहमति भएको छ ।’ आफू छिट्टै चीन भ्रमणमा जान लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले चीन सरकार नेपालमा कृषि, पशुपालनसँगै ठूला आयोजनामा सहयोग गर्ने मनसायमा रहेको बताए । त्यसका साथै भौतिक पूर्वाधार र विद्युतका क्षेत्रमा पनि केही नयाँ सहमति र समझदारी हुने स्थिति रहेको उनले बताए ।

    ‘हामीले जसरी भारतसँग क्रस बोडर ट्रान्समिसन लाइन बनाएर विद्युत् हामीलाई चाहिने उताबाट ल्याउने र धेरै हुँदा उता दिने भन्ने बनाएका छौँ । अब चीनसँग पनि रसुवा नाकाबाट क्रसबोडर ट्रान्समिसन लाइन बनाउने कुरामा सहमति हुनेछ’, प्रधानमन्त्री दाहालले भने, ‘चीन भ्रमणको समयमा त्यसमा हस्ताक्षर हुने विश्वास छ ।’

    आफू छिट्टै संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जान लागेको प्रधानमन्त्रीले बताए । उनले भने, ‘त्यतिबेला पनि नेपालको कृषि, उद्योग, पर्यटन व्यवसायको विकासका निम्ती नै हाम्रो ध्यान केन्द्रित हुनेछ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend