logo

२०८३ साउन १३ बुधबार

विरोधमा बोल्नेलाई हत्कडी लगाउने राजनीति सुरु भयोः अध्यक्ष ओली

विरोधमा बोल्नेलाई हत्कडी लगाउने राजनीति सुरु भयोः अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • शनिबार, २७ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गरेको बताएका छन् । शनिबार गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपाली कांग्रेसका सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप भएको बताएका हुन् ।

    ओलीले सुनिल शर्माको गिरफ्तारी सामान्य घटना नभएको भन्दै विरोधमा बोल्नेलाई हत्कडी लगाउने राजनीति प्रचण्ड र नारायणकाजी श्रेष्ठले शुरु गरेको बताए ।

    उनले प्रधानमन्त्रीलाई नहौसिन आग्रह गरे । उनले भने,’मैले प्रधानमन्त्रीलाई भेटेर भनें, नहौसिनुस् । तपाईंले पाकिस्तानको जस्तो प्रतिशोधको राजनीति सुरु गर्नुभएको छ भनेर । उहाँले यो कुरा बुझ्नुपर्छ । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गर्न मिल्छ ?’

    कार्यक्रममा अध्यक्ष ओलीले संसदको सबैभन्दा ठूलो दल भएर पनि ३२ सिटको माओवादीको पछाडि लागेको भन्दै कांग्रेसको आलोचना गरे ।

    उनले भने, ‘कांग्रेस अहिले कसको पछाडि के का पछि लागेको हो । मेरो यसमा कुनै कमेन्ट छैन। तर म उहाँहरूलाई सोध्न चाहन्छु कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर हल्लाउने हो?’

    उनले केही थान मन्त्री लिएर साना पार्टीको पछाडि लाग्ने रहर लागिन्जेलसम्म कांग्रेसप्रति आफ्नो शुभेक्षा रहिरहने बताए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend