logo

२०८३ साउन १४ बिहिबार

जनमत पार्टी सरकारमा सहभागी हुँदै, माओवादीका एकमन्त्री फिर्ता बोलाइने

जनमत पार्टी सरकारमा सहभागी हुँदै, माओवादीका एकमन्त्री फिर्ता बोलाइने


हाम्रो राष्ट्र
  • आइतबार, २८ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । माओवादी केन्द्रका मन्त्रीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागिएको हो । माओवादीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएर सरकारमा जनमत पार्टीका लागि मन्त्रालय खाली गर्न लागेको हो ।

    जनमतबाट अनिता देवीले आजै मन्त्रीको शपथ खाने सम्भावना छ । माओवादी स्रोतका अनुसार मोदीले अपेक्षाकृत काम गर्न नसकेको र जनमतका लागि स्थान खाली पनि गर्नुपर्ने भएकोले उनलाई फिर्ता बोलाउन लागिएको हो ।

    यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पनि फिर्ता बोलाउने तयारी भइरहेको बालुवाटार स्रोतको दाबी छ । किरातीको काम पनि सन्तोषजनक नरहेको भन्दै फिर्ता बोलाउन लागिएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend