logo

२०८३ साउन १३ बुधबार

नेताहरुले पूर्वराष्ट्रपति भण्डारीलाई भेटेको कुरालाई लिए पार्टीभित्र समस्या ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भयोः केपी ओली

नेताहरुले पूर्वराष्ट्रपति भण्डारीलाई भेटेको कुरालाई लिए पार्टीभित्र समस्या ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भयोः केपी ओली


हाम्रो राष्ट्र
  • आइतबार, २८ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र समस्या ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भइरहेको बताएका छन् ।

    आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दैमा अन्यथा लिन नहुने बताए । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीका सबै नेताहरुको आदरणीय व्यक्तित्व भएको बताए ।

    उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरुको राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि हुनुहुन्छ । त्योभन्दा अघि हाम्रो नजिकको मित्र हो नि । हाम्रो पार्टीको उपाध्यक्ष नै हो नि । हाम्रो पार्टीको आदरणीय व्यक्ति नै हो नि । हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरै होइन । विष्णु पौडेलजीले मात्रै होइन मैले पनि कुरा गरेको छु । अरुले पनि कुरा गर्नुभएको छ ।’

    पार्टीका नेताहरुले पूर्वराष्ट्रपति भण्डारीलाई भेट्नु नौलो कुरा नभएको भन्दै भेटेका कुरालाई मलजल नगर्न आग्रह गरे ।

    उनले भने, ‘कसैले कुरा गरेको विषयलाई कार्ड नै छपाएर लैजानुभयो होला त । पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्न । यो खालका प्रयासहरुलाई साथीहरुले मलजल कहिलेकाहीँ नबुझी गरिन्छ । त्यो नगर्दा राम्रो हुन्छ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend