logo

२०८३ साउन १५ शुक्रबार

एमालेले किन उच्चस्तरीय छानबिन समितिको माग गरेको छ भन्ने विषयमा सोच्न जरुरी छः शेखर कोइराला

एमालेले किन उच्चस्तरीय छानबिन समितिको माग गरेको छ भन्ने विषयमा सोच्न जरुरी छः शेखर कोइराला


हाम्रो राष्ट्र
  • आइतबार, २८ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक क्वीन्टल सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका छन् ।

    आइतबार पार्टीको संसदीय दलको बैठकमा कोइरालाले नेपाल तस्करीको अखडा बनेको भन्दै त्यसलाई सदाका लागि बन्द गर्न पनि उच्चस्तरीय समिति गठन आवश्यक रहेको बताएका हुन् ।

    उनले भारतमा १४ सय टन सुनको खपत हुने र ९ सय टन आयात हुने गरेको तथ्यांक पेस गर्दै उनले ५ सय टन सुन नेपालको बाटो हुँदै तस्करी हुने गरेको बताए । उनले एमालेले किन उच्चस्तरीय छानबिन समितिको माग गरेको हो भन्नेबारे सरकारे सोच्न जरुरी रहेको बताए ।

    उनले सांसद सुनिल शर्मालाई प्रतिशोध साँधेर अपहरणशैलीमा पक्राउ गरिएको भन्दै आपत्ति जनाए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend