logo

२०८३ साउन १३ बुधबार

सुन तस्करीमा दोषी प्रमाणित गर्नुस्, एक मिनेट पनि पदमा बस्दिनः अर्थमन्त्री महत

सुन तस्करीमा दोषी प्रमाणित गर्नुस्, एक मिनेट पनि पदमा बस्दिनः अर्थमन्त्री महत


हाम्रो राष्ट्र
  • आइतबार, २८ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । अर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा आफूलाई दोषी प्रमाणित गर्न चुनौती दिएका छन् ।

    आइतबार पार्टीको संसदीय दलको बैठकमा मन्त्री महतले आफ्नै पार्टीका सांसदले लाञ्छित गरेको भन्दै दोषी प्रमाणित गर्न चुनौती दिएका हुन् ।

    उनले आफू दोषी भए एक मिनेट पनि पदमा नबस्ने बताए । उनले भने, ‘साथीहरुलाई शंका लाग्छ भने भन्नुस् । बाहिर बोल्दै हिँड्नु ठीक हो ? पार्टीमा अनुशासन छैन ? त्यसको आधार हुनु पर्दैन ?’ महतले आफूले गल्ती गर्न चाहेको भए देश र पार्टी नै नरहने बताए । उनले भने, ‘लोभ गर्ने भए कर निर्धारणमा म अनेक गर्न सक्थेँ । त्यसो गरेको भए न देश रहन्थ्यो, न पार्टी रहन्छ ।’

    उनले आफूविरुद्ध केही व्यक्ति प्रायोजित भएर लागिपरेको बताए । पार्टीका सांसद सुनिल शर्माले सुन तस्करीमा अर्थमन्त्रीको संलग्नता रहेको भन्दै आरोप लगाउँदै हिँडेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend