logo

२०८३ साउन १३ बुधबार

सप्तकोसीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलियो

सप्तकोसीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलियो


हाम्रो राष्ट्र
  • सोमबार, २९ साउन २०८०
  • 1.1K
    SHARES

    सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। पुर्वी पहाडी जिल्लाहरुमा लगातारको बर्षात भएपछि सप्तकोसी नदीमा पानीको बहाब बढेर यो वर्षकै उच्च भएको हो ।

    सप्तकोसीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राइले जानकारी दिए ।

    उनले सप्तकोसीमा पानीको बहाब उच्च भएपछि आसपासका बासिन्दालाई सुरक्षामा उच्च सर्तकता अपनाउन अनुरोध गरिएको बताए । सप्तकोसीमा आइतबार राति पानीको बहाब प्रति सेकेन्ड ४ लाख ४२ हजार क्युसेक पुगेको थियो।

    सोमबार बिहान पानीको बहाब प्रतिसेकेन्ड ४ लाख ३९ हजार क्युसेकमा झरेको छ । सप्तकोसीमा पानीको बहाब प्रतिसेकेन्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend