logo

२०८३ साउन १३ बुधबार

इटालीको फुटबल टिमका मुख्य प्रशिक्षक रोबर्टोले दिए राजीनामा

इटालीको फुटबल टिमका मुख्य प्रशिक्षक रोबर्टोले दिए राजीनामा


हाम्रो राष्ट्र
  • सोमबार, २९ साउन २०८०
  • 962
    SHARES

    एजेन्सी । इटालीको फुटबल टिमका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीले पदबाट राजीनामा दिएका छन् । सन् २०१८ को विश्वकप छनोटपछि राष्ट्रिय टिमको जिम्मेवारी पाएका उनले राजीनामा दिएका हुन् ।

    उनले इटालीलाई सन् २०२० को युरोपियन च्याम्पियनसिपको उपाधि समेत दिलाएका थिए । मान्सिनीको प्रशिक्षणमा इटालीले कीर्तिमानी ३७ खेलसम्म अपराजित यात्रा तय गरेको थियो ।

    तर, सन् २०२२ को विश्वकपमा स्थान बनाउन असफल भएको थियो । मान्सिनीले सन् २०१२ मा म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । यसपछि इटालीलाई युरो–२०२० च्याम्पियन बनाएका थिए । मान्सिनीको प्रशिक्षणमा इटालीले गएको जुनमा सम्पन्न नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend