logo

२०८३ साउन १३ बुधबार

अनिता देवीले लिइन् सामान्य प्रशासनमन्त्रीको शपथ

अनिता देवीले लिइन् सामान्य प्रशासनमन्त्रीको शपथ


हाम्रो राष्ट्र
  • सोमबार, २९ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री अनितादेवीले शपथ लिएकी हुन् । नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक व्यवस्था छ । मन्त्री अनितादेवी जनमत पार्टीको सांसद हुन् ।

    समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend