logo

२०८३ साउन १३ बुधबार

एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक एकसाताका लागि स्थगित

एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक एकसाताका लागि स्थगित


हाम्रो राष्ट्र
  • सोमबार, २९ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेको अवरोधका कारण सोमबारको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ । एमालेले एक क्वीन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ ।

    सभामुख घिमिरेले शून्य समय सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु सिटबाट उठेर नारावाजी सुरु गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आइतबारसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरे ।

    त्यसबीचमा सभामुख घिमिरेले कांग्रेसका सांसद सुनिल शर्मा र एमालेका सांसद मानवीर राईलाई आफ्नो भनाइ राख्न समय दिएका थिए । शर्माले आफूलाई पक्राउ गरिएको विषय र त्यसको घटनाक्रमबारे जानकारी गराएका थिए ।

    शर्माले आफूलाई पक्राउ पुर्जी समेत नदिएर पक्राउ गरिएको भन्दै सरकारको विरोध गरेका थिए । एमालेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend