logo

२०८३ साउन १५ शुक्रबार

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात


हाम्रो राष्ट्र
  • मंगलबार, ३० साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ । गएराति भएको खेलमा युनाइटेडले उल्भ्सलाई १–० गोलले हरायो ।

    घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका राफाएल भारानले खेलको ७६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै युनाइटेडले तीन अंक जोडेको छ ।

    यो खेलमा उसका गोलरक्षक आन्द्रे ओनानाले डेब्यु गरेका छन् । गोलकिपर डेविड डि गाले यस सिजनदेखि क्लब छाडेकाले नयाँ किपरको रुपमा आन्द्रेले स्थान बनाएका हुन् । त्यस्तै युनाइटेडबाटै मेसन माउन्टले पनि यो खेलमा डेब्यु गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend