logo

२०८३ साउन १४ बिहिबार

त्रिभुवन विमानस्थलबाट बरामद तस्करीको सुन गाल्न सुरु

त्रिभुवन विमानस्थलबाट बरामद तस्करीको सुन गाल्न सुरु


हाम्रो राष्ट्र
  • मंगलबार, ३० साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन आज गालिँदै छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा सुन गाल्ने कार्य जारी छ ।

    यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्राइएको खुलेको थियो । सोमबार ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार गालेपछि सुनको यकिन तौल प्रस्ट हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend