logo

२०८३ साउन १४ बिहिबार

३० लाखसहित दुईजना चिनियाँ नागरिक पक्राउ

३० लाखसहित दुईजना चिनियाँ नागरिक पक्राउ


हाम्रो राष्ट्र
  • मंगलबार, ३० साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई मंगलबार पक्राउ गरेको छ ।

    चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग ३० लाख अवैध रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

    उनले भने, “अवैध रकम फेला परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको हो, आज विविध कारणले उनीहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाउन सकिएन, भोलि बुझाइने छ ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend