logo

२०८३ साउन १३ बुधबार

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता


हाम्रो राष्ट्र
  • बुधबार, ३१ साउन २०८०
  • 1.2K
    SHARES

    भक्तपुर । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो ।
    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिए ।
    विगतका वर्षमा दुई वटासम्म विषयमा एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । यस वर्षदेखि उक्त व्यवस्था परिमार्जन गरी जति वटा विषयमा एनजी आएको हो त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend