logo

२०८३ साउन १३ बुधबार

सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ


हाम्रो राष्ट्र
  • बुधबार, ३१ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप चार जना चिनियाँलाई पक्राउ गरेको हो ।

    नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले सुन तस्करी प्रकरणमा थप चार चिनियाँलाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएका छन् । प्रहरीले मंगलबार ३० लाख नगदसहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

    साउन २ गते राजश्व अनुसन्धान विभागको टोलीले विमानस्थल भन्सार जाँचपछि बाहिर ल्याउने क्रममा सुन बरामद गरेको थियो । विभागले बरामद गरेको सुन गालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको थियो । सुन तस्करी प्रकरणमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend